यस्तो छ आजको मौसम

आज बिहान मध्य र पूर्वी तराईमा कुहिरो लागेको छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

आज पनि देशका केही भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसम बदली भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान मध्य र पूर्वी तराईका जिल्लाहरूमा हुस्सुरकुहिरो लागेको छ। जसका कारण जनजीवन केही प्रभावित भएको छ ।

यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ भने देशका अन्य भागमा मुख्यतया मौसम सफा छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हुस्सु र कुहिरो लागेको क्षेत्र र हिमपातको सम्भावना भएको स्थानमा यात्रा वा काम गर्दा सतर्क रहन महाशाखाले सचेत गराएको छ ।