चिनियाँ वैज्ञानिकहरूको टोलीले चमेरोमा नयाँ कोरोना भाइरस HKU5-CoV-2 पत्ता लगाएको जनाएका छन, जसले मानिसलाई संक्रमित गर्न सक्छ ।
चिनियाँ भाइरस वैज्ञानिकहरूको टोलीले चमेरोमा फेला परेको नयाँ कोरोना भाइरस मानिसमा पनि सर्ने खतरा रहेको पत्ता लगाएको हो । यो अध्ययनको नेतृत्व ‘वुहान इन्स्टिच्युट अफ भाइरोलोजी’ (डब्ल्यूआईभी) का चिनियाँ भाइरोलोजिस्ट शि झेंगलीले गरेका थिए ।
भाइरस HKU5-CoV-2 कोरोनाभाइरसको नयाँ रूप हो, जुन पहिलो पटक हङकङमा जापानी पिपिस्ट्रेल ब्याट्समा पहिचान गरिएको थियो।यो नयाँ भाइरस ‘मेर्बेको भाइरस’ उपप्रकारबाट आएको हो, जसमा ‘मिडल इस्ट रेस्पिरेटरी’ सिन्ड्रोम (मर्स)हुने भाइरस पनि समावेश छ।
सेल जर्नलमा प्रकाशित एक अध्ययनमा सीको नेतृत्वमा रहेको टोलीले लेखेको छ, ‘हामीले एचकेयू–५ सीओवी–२ को फरक वंश लाइनेज दुइ, जेनावलोजी पहिचान गरेका छौं, जुन चमेरा र मानिसमा मात्रै नभई एउटै उत्पत्तिको एउटै आनुवंशिक विशेषता भएका विभिन्न स्तनधारी प्राणीहरूमा पनि फैलिन सक्छ।’
अन्वेषकहरूले पत्ता लगाए कि जब भाइरसलाई चमेरो नमूनाहरूबाट अलग गरिएको थियो, यसले मानव कोशिकाहरूका साथै कृत्रिम रूपमा बढेको कोशिका वा तन्तुहरूको सानो समूहलाई पनि संक्रमित गरेको देखिएको थियो । प्रयोगशालामा गरिएको परीक्षणमा यो भाइरसले मानव कोशिका र अंगहरूमा संक्रमण फैलाउन सफल भएकाले यसको खतरनाक हुने सम्भावना झनै बढेको जनाइएको छ ।


















