४४३ भवन सहित सरकारी सम्पत्ति बेच्ने तयारीमा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एफबिआई मुख्यालयदेखि न्याय विभागसम्मका धेरै सरकारी भवनसहित ४४३ वटा सङ्घीय सम्पत्तिको सूची जारी गरेको छ। यसमा एफबीआई मुख्यालयदेखि न्याय मन्त्रालयको मुख्य भवनसम्म कयौँ सरकारी भवन परेका छन् । यी भवनहरू सरकारी कामका लागि महत्त्वपूर्ण नभएको ट्रम्प प्रशासनको ठम्याई छ ।

सूचीमा कोर्टहाउसदेखि कार्यालय र पार्किङ ग्यारेजसम्म प्रत्येक राज्यका भवनहरू समावेश छन्। सूचीमा वाशिंगटन, डीसी मा धेरै सरकारी एजेन्सीहरूको मुख्यालयहरू समावेश छन्, यसमध्ये एफबीआईको मुख्यालय, जे. एडगर हूवर भवन, न्याय मन्त्रालयको रोबर्ट एफ. केनेडी भवन, पुरानो हुलाक कार्यालय भवन, अमेरिकी रेडक्रसको मुख्यालय, श्रम मन्त्रालय र आवास तथा शहरी विकास मन्त्रालयका भवनहरू पनि बेच्न लागिएको सम्पत्तिको सूचीमा छन् ।

सरकारले बेच्ने तयारी गरेको अधिकांश भवन कार्यालय भएको बताइएको छ । दशकौँदेखि रकम अभावमा यीमध्ये धेरै भवनहरू जीर्ण भइसकेका छन् । यी सङ्घीय कार्यबलद्वारा प्रयोगको लागि अनुपयुक्त भएको अनि यी भवनलाई बेच्दा करदाताहरूले तिरेको पैसा खाली र कम प्रयोग भएको सङ्घीय कार्यालय स्थान वा दीर्घकालीन भवनको मर्मत सम्भारमा खर्च नहुने उनले बताए । यस उपायबाट वार्षिक सञ्चालन लागतमा ४३ करोड डलरभन्दा बढी बचत हुने बताइएको छ ।