अवैध लागूऔषध गाँजा २२ किलोग्राम सहित दुई जना भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ २२ किलोग्राम सहित दुई जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ४० वर्षीय RAFEEQUE MADATHUMTHAZHA VAYALIL र ३४ वर्षीया RASMINA PAZHAYA KALLAROTH रहेका छन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनीहरूलाई भन्सार कार्यालयको चेकिङ एरियामा जाँच गर्ने क्रममा व्यागभित्र चकलेटको प्याकेटको फल्स बटम बनाई राखेको अवस्थामा RAFEEQUE को साथबाट १२ किलोग्राम र RASMINA PAZHAYA को साथबाट १० किलोग्राम उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।