साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा

अमेरिकाले अर्थ मन्त्रालयमाथि साइबर हमला गर्नेहरूमाथि कारबाही सुरु गरेको छ ।अमेरिकी ट्रेजरी विभागले सन् २०१६ देखि २०२३ सम्म ह्याकिङ गरेको आरोपमा सार्वजनिक सुरक्षा मन्त्रालयका दुई अधिकारीसहित १२ जना चिनियाँ नागरिकविरुद्ध मुद्दा दायर गरेको हो ।

आरोपीहरूले विदेश मन्त्रालयहरू, धार्मिक संस्थाहरू, र अमेरिकी सङ्घीय र राज्य सरकारी निकायहरूलाई लक्षित गरेको बताइएको छ । मन्त्रालयले एन्क्सन इन्फर्मेसन टेक्नोलोजी कम्पनी लिमिटेड (आइसान) का आठ कर्मचारी र सार्वजनिक सुरक्षा मन्त्रालयका दुई अधिकारीलाई इमेल, सेल फोन, सर्भर र वेवसाइट ह्याक गरेको आरोप लगाएको छ।

प्रतिवादीहरू मध्ये दुई जना चिनियाँ नागरिक छन् र उनीहरूले चिनियाँ सरकारका लागि संवेदनशील जानकारी सङ्कलन गरिरहेको बताइएको छ। ह्याकरहरूले सट्टेबाजी, कमजोर नेटवर्कहरू पहिचान गरेर ह्याक गरिएको जानकारी चिनियाँ सरकारलाई बेचे । कम्पनीले ह्याक गरिएको प्रत्येक इमेल इनबक्स ह्याक गरेबापत मन्त्रालयसँग १० हजारदेखि ७५ हजार डलरसम्म पैसा लिएको बताइएको छ । दशै जना अभियुक्त फरार रहेको र यिनीहरूलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई १ करोड डलरसम्मको पुरस्कार घोषणा विदेश मन्त्रालयले गरेको छ ।