अमेरीकी सिनेटमा नयाँ विधेयक पेस भएको छ । विधेयकमा फेन्टानिलजस्ता लागू औषधको खतरासँग जुध्न उपायहरू सुझाव दिएको छ । विधेयकमा फेन्टानिल चीन र मेक्सिकोबाट अमेरिकामा तस्करी हुने उल्लेख छ ।
विधेयकले फेन्टानिल तस्करीमा संलग्न चिनियाँ नियन्त्रित संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाउन र रोक्न आवश्यक कदम चाल्न राष्ट्रपति ट्रम्पले चीन र मेक्सिकोलाई आह्वान गरेका छन् । फेन्टानिलकै कारण राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र मेक्सिकोबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाएका थिए ।
यो विधेयक सिनेटर जिम रीस र सिनेटर जीन शाहीनले तस्करीको सबैभन्दा ठूलो स्रोत चीन हो र यो मेक्सिकोको लागुऔषध कार्टेलमार्फत आपूर्ति हुने दाबी गर्दै विधेयक पेस गरेका थिए। यो सबै चिनियाँ सरकारको इशारामा भइरहेको आरोप उनले लगाए ।
अमेरिकामा फेन्टानिलका कारण हरेक वर्ष एक लाख अमेरिकीहरूको मृत्यु भइरहेको छ र यो अमेरिकाको दक्षिणी सिमाना हुँदै ठुलो मात्रामा तस्करी भइरहेको पनि रीसले भने । सिनेटर शाहिनले अमेरिकाले फेन्टानिल लागुऔषध तस्करी रोक्नका लागि आफ्नो पहुँचमा रहेको सबै उपकरणहरू प्रयोग गर्नुपर्ने कुरामा जोड दिए। तर, चीनले आरोपहरू अस्वीकार गरेको छ र अमेरिकी सरकारलाई झूट बोलेको आरोप लगाएको छ। चीनले फेन्टानिल लागुऔषध तस्करी रोक्न कडा कदम चालेको पनि बताएको छ।

















