संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक बसिरहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी छ ।
बैठकमा गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शन र सभा लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए ।
बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।
यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका उपाध्यक्ष डीपी अर्याल, डा. स्वर्णिम वाग्ले र सन्तोष परियार सहभागी छन् ।
यस्तै नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष महिन्द्रराय यादव लगायत सहभागी छन् ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






