राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलन गरिरहेकाहरुले गोरखनाथ र गोरखकालीको अन्तिम पूजा वैशाख १९ गते गर्ने भएका छन । संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आगामी वैशाख २१ गतेभित्र राजावादी आन्दोलनका क्रममा पक्राउ परेकाको रिहा र नजरबन्दमा राखिएका नवराज सुवेदीलाई मुक्त नगरे सामूहिक गिरफ्तारी दिने पनि बताएका छन् ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा डा.गुरुङले माटोको टीका लगाएर सबभन्दा पहिला आफू हिँड्ने पनि बताए । ‘२२ गतेका दिन सामूहिक गिरफ्तारी दिने हो । म आफैँ पहिला हिँड्छु । उनले ज्यानको माया मारेर भद्र अवज्ञा आन्दोलन गरेर अघि बढ्ने बताए ।


















