आम नेपालीहरुको सुख, शान्ति र समृद्धिको कामना गर्दै आयोजना गरिएको धर्म सम्राट तथा यज्ञशिरोमणि आदरणीय बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजको संकल्पमा चैत १७ गतेदेखि सुरुवात भएको ऐतिहासिक श्री गण्डकी सय कुण्डिय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ कार्यक्रम जेठ ३१ गते सम्म हुने कुरा कोटिहोम कार्यक्रमको मंचमा रहनु भएका वरिष्ठ पत्रकार लक्ष्मीनारायण भट्टराईले सान न्यूजलाई बताउनुभयो ।

भट्टराई उनै व्यक्ति हुन् जसले श्री गण्डकी कोटिहोम पोखराको बारेमा गत फागुनदेखि नै अग्निचक्र राष्ट्रिय मासिकमा विशेषाङ्क प्रकाशित गर्दै आउनुभएको छ । अग्निचक्रका सम्पादक तथा प्रकाशक समेत रहनुभएका भट्टराईले निकट भविष्यमै प्रकाशित हुन लागेको श्री गण्डकी कोटिहोम र श्रीपशुपति कोटिहोमको बारेमा संयुक्त रुपमा आउने “यज्ञ शिरोमणि : कोटिहोम स्मारिका”काे सम्पादक पनि हुनुहन्छ।
यो स्मारिका महायज्ञ संकल्पकर्ता महाराजश्री विजय कृष्णमूर्तिज्यूको मार्गनिर्देशनमा प्रकाशित हुनेछ । सान न्यूजका सम्पादक केशव अर्यालले महाराजश्रीले सनातन धर्म, संस्कृतिको प्रवर्धनमा गर्नु भएको योगदानकाे खुलेर प्रशंसा गर्दै आउनुभएको छ । जय श्री गण्डकी कोटिहोम !!


















