दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन अन्तरिम आदेश

पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी मुद्दामा नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको भए पनि उच्च अदालतले सोमबार आदेश जारी गर्दै पाठकलाई तत्काल पक्राउ नगर्न भनेको हो ।

न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो। आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए ।