बराह ग्रुपका अध्यक्षको अनुरोध : सबै बचतकर्ताको साथ पाएमा दायित्व तिर्न तयार छु !!

 

बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा लामिछानेले बचतकर्ताहरूको साथ पाएमा आफूहरूले सबै बचतकर्ताको बचत रकम फिर्ता गर्ने नयाँ कुरा बताएका छन् । आफू अध्यक्ष रहेको काठमाडौँको अभिमत सहकारीका सम्पूर्ण बचतकर्ताज्यूहरूमा हार्दिक अपिल भन्दै जारी गरेको प्रेस विज्ञप्ति मार्फत उनले यस्तो कुरा बताएका हुन् । नेपाल सरकार र सम्बन्धित निकायहरूको समेत ध्यानाकर्षण हुनेगरी जारी गरिएको अपिलमा भनिएको छ, सम्पूर्ण बचतकर्ताको बचत रकमको जिम्मा लिन तयार छौँ। बचतकर्ता र नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग सहकारी सञ्चालन र व्यवसाय सञ्चालनको लागि उचित वातावरण मिलाइदिनु हुनको लागि हार्दिक अपिल गर्दछौं। अभिमत सहकारीका सम्पूर्ण बचतकर्ताहरूको बचत रकम फिर्ता दिने कुरामा हामी पूर्णरुपमा जिम्मेवारी लिन तयार छौं। सम्पूर्ण बचतकर्ताज्यूहरूलाई केवल सहयोगको लागि अनुरोध गर्दछौं। मुद्दा हाल्नेहरू सबैले मुद्दा फिर्ता लिइदिएमा र नेपाल सरकारले काम गर्ने वातावरण बनाइदिएमा हामी सञ्चालकहरुले आम बचतकर्ताहरूको बचत रकम फिर्ता दिनेछौं।

बराह ग्रुप अन्तर्गत रहेको धरानको बराह सहकारी र काठमाडौँको अभिमत सहकारीका केही बचतकर्ताहरूले मुद्दा दायर गरेपछि बराह ग्रुपका सबै सम्पत्ति रोक्का भएका छन् , त्यो कारणले गर्दाखेरि आफूहरूले व्यवसाय र संस्था सञ्चालन गर्न नसकेका कारण हाल समस्या परेकोले गर्दा सञ्चालकहरूलाई हातखुट्टा बाँधिदिएर (मुद्दा परेका कारण) सम्बन्धित निकायले अप्ठ्यारो पारेकाले गर्दा सञ्चालकहरूलाई व्यवसाय पुनरुत्थान तथा लगानी/बचत फिर्ता योजनाको काम बरा समूहले अगाडि बढाउन नसकेको तितो यथार्थता सबै सामु छर्लङ्गै छ। मिति २०८२ साल असार १० गते हस्ताक्षर गरेर जारी गरिएको अभिमत सहकारीको विज्ञप्तिमा अध्यक्ष शिवकुमार विश्वकर्मा लामिछाने र कोषाध्यक्ष विकास लामगादेले हस्ताक्षर गरेका छन्। यी सबै कुरा अग्निचक्र राष्ट्रिय मासिकले २०८२ असार अङ्कको बराह समूह विशेष अङ्कमा प्रकाशित गरेको छ।

बराह समूहको व्यवसाय पुनरुत्थान तथा लगानी/बचत फिर्ता योजनाका सम्पूर्ण विवरणहरू अग्निचक्रले छापेको छ। अग्निचक्रका सम्पादक लक्ष्मीनारायण भट्टराईले सम्पादकीयको शीर्षकमा लेख्नुभएको छ- “हजारौँ बचतकर्ताको रक्षक बन्दै शिवजीले उद्धारकर्ता/विजेताको तकमा पाउने सम्भावना” !! अध्यक्ष लामिछानेले व्यवसाय पुनरुत्थान तथा लगानी/बचत फिर्ता योजनाको गुरुयोजना बोकेर हिँडिरहेको अग्निचक्रले भेटेपछि २८ वटा संस्था हाँकेको शिवकुमारको लगानी बचत फिर्ता योजना चित्तबुझ्दो लागेपछि अग्निचक्रले उनका सम्पूर्ण योजनाको दस्तावेज नै प्रकाशित गरिदिएको छ । अध्यक्ष लामिछानेले आफ्नो अपिलमा रिटन अफ इन्भेस्टमेन्टको आधारमा आफूहरूलाई काम गर्ने वातावरण मिलाइदिनुहुन नेपाल सरकारलाई अनुरोध गर्नुभएको छ।

उहाँले कार्यकारी सारंशमा धेरै कुरा समावेश गर्नुभएको छ। हालको व्यावसायिक परिदृश्य र अबको बाटो, लगानी/बचत फिर्ता योजना, व्यवसाय पुनरुत्थान योजना, व्यावसायिक अवधारणा तथा विवरण, बजार विश्लेषण, प्रतिस्पर्धी परिदृश्य र बजारीकरण योजना, बजारीकरण योजना तथा रणनीति, संगठनात्मक तथा व्यवस्थापकीय योजना, वित्तीय प्रक्षेपण तथा वित्तीय व्यवस्थापन योजना, नगद प्रवाह प्रक्षेपण, वित्तीय सम्भाव्यताको विश्लेषण, प्रमुख वित्तीय सूचकाङ्क विश्लेषण, सुपरमार्केट व्यवसायको प्रमुख वित्तीय सूचकाङ्कहरू, आवश्यक लगानी पूँजी तथा स्रोत विश्लेषण, ऋण फिर्ता भुक्तानी योजना, जोखिम विश्लेषण तथा न्यूनीकरण योजना, कार्यान्वयन योजना तथा कोशेढुङ्गाहरू प्रस्तुत गरेका छन्। बराह समूह तथा यसको योजना, लक्ष्य र परिकल्पनाप्रति विश्वास गरी यसलाई साथ र सहयोग दिने सबैलाई धन्यवाद पनि दिएका छन्।

माथि बताइएका सबै कुराहरू प्रकाशित गरेको अग्निचक्र राष्ट्रिय मासिकका सबै पेजहरुलाई यहाँ PDF बनाएर प्रस्तुत गरेका छौं- ल हेर्नुस् :—-