skip this वडा नं १६ बालाजु च:मती

सरकारको स्वास्थ बिमा

“एक हातमा लड्डु अर्को हातमा डन्डा ”

 

काठमाडौं – सरकारले राष्ट्रीय स्वास्थ बिमा बोर्ड गठन गरि जनतालाइ सर्वशुलभ तरिकाले स्वास्थ सेवा पुर्याउने उदेश्यले संचालन गरेको भएपनी ज्यादै झन्झटिलो भएको छ । रु १ लाखमा ५ जना सदस्य भएका परिवारलाइ रु ३५ सय रकममा स्वास्थ बिमाले जोखिम बहन गर्छ भनिएको छ । परिवारमा अरु १ सदस्य थप हँुदा रु ७ सय रकम थप गर्दा रु २० हजारको थप जोखिम बहन हुने गरि बिमा गरिन्छ । बिरामी नहुदा त त्यो रकम सरकारले ब्यहोर्नु परेन । एक बर्ष पछि बिमा सकिदा पैसा पनि सकिन्छ ।
बिमा गर्ने एजेन्टले जति सजिलो गरि बिमा गछ्र्न त्यति सेवा लिने बेलामा त्यो भन्दा धेरै कठिनाइ हुदोरहेछ । सर्बप्रथम प्रेषण पुर्जी (रिफर) लिन तोकिएको स्वास्थ संस्थामा लामो लाइन बसेर बिमा कार्ड लिएर जानु पर्दथ्यो यद्यपी अहिले सो ब्यवस्था हटेको छ । डाक्टरले बिरामिले भने जस्तो रोग छ कि छैन चेकजाँच गर्नु पर्दथ्यो । बल्लतल्ल त्याहाँबाट बिमा गरे अनुसारको उपचार कार्ड पाएर संम्वधित डाक्टरकोमा पुग्दा त्याहाँ पनि उतिकै लाइन हुन्छ । त्यो लाइन उभिएर छिचोलेर डाक्टरकोमा पुग्दा धेरै समय लाग्छ । चेकजाँच गरेपछी रगत दिशा खकार पिसाब भिडियो एक्सरे एमआरआइ र अन्य चेकजाँच गर्न भनी रोग अनुसारको विभिन्न स्थानमा पठाउँदा त्याहा पनि उतिकै लाइन छिचोल्नु पर्ने हुन्छ । दिन भरिमा जति गरि सकिन्छ त्यति गरेर रिपोर्ट लिन भोलि पर्सि या रोग अनुसार लाग्ने समय अनुसार यति दिनमा आउनु भनी पठाउछ्न । एकपटक काटेको चिट (रसिद) २४ घन्टासम्म मान्य हुदोरहेछ । एउटा चिट काटेपछी अर्को चिट बिमाको लागि काट्न नपाइने र जरुरी चिट्नकाट्नु परे पूरा रकम तिरेर चिट काट्नु पर्दो रहेछ । त्यही दिन अरु ठाउँमा चाहिँ के कस्तो छ बुझिएन तर काठमाडौको त्रिभुवन बिश्वबिद्धालय शिक्षण अस्पतालमा चाहिँ बिमा द्वारा उपचार गर्नेलाइ मुल्यको १०% रमक लाग्दो रहेछ । बिमामा दिइने औषधि करिब ३३% जति नपाइने र नभएको दबाइ बाहिर हाम्रै फार्मेसिमा पाइन्छ भनी त्यही किनेर ल्याउन पठाउदा रहेछ्न । पाइने दबाइ सस्ता सस्ता मात्र राखेर दिदा रहेछ्न र महँगा दबाइ लिन आफ्नै फार्मेसीमा पठाइ पनि लामो लाइन बसेर बिल काट्ने अनि फेरि त्यो बिल लिएर औषधि लिन अर्को लाइन बस्नु पर्ने धेरै झन्झटिलो प्रकृया रहेछ । सरकारले बिमा गरेजस्तो बाहाना गरेर दुख दिने बाहेक अर्को फाइदा देखिएन । बिरामी मानिस बिमा अनुसार उपचार गर्न अस्पताल जाँदा अस्पतालको झन्झटिलो प्रणालीले थप बिरामी हुने देखिन्छ । लगभग एकै दिन लाइन ६÷७ पटक लामो लाइन बस्नुपर्दछ । बिमाबाट दिइने फार्मेसिमा धेरै कम औषधि राखिदो रहेछ । यसरी झन्झट हुनेहुदा यसरी लाइनमा बसेर हैरानी खेप्नु भन्दा निजि अस्पतालमा पैसा तिरेर उपचार गर्न जान बाध्य पार्दा रहेछ्न । यसरी झन्झटिलो प्रकृया अपनाउदा उहीँ मेडिकल माफियाहरुलाइ फाइदा पुर्याउने गछ्र्न । केही झन्झटिलो पार अनि हाम्रोमा आउदा तिमिहरुलाइ कमिशन दिन्छौ त भनेका हुदैनन ? यसरी बिमा गरिदिएको छु भनेर जनतालाइ मुर्ख बनाइ दुख कष्ट दिनु भन्दा उपचार प्रकृया सहज तरिकाको बनाइदिए जनताले बिमा गरेर राम्रै उपचार पाएको महसुस गर्थे । अहिले फेरि सरकारले २ लाख पुर्याउने भनिरहेको छ । १ लाख नै दिन नसकेर अस्पतालले गुनासो गरिरहेका छ्न । यसरी गर्दा सरकारले एक हातले लड्डु दिने अनि अर्को हातमा लठ्ठी बोकेर तर्साउने गरेको देखियो ।