नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया सकारात्मक छ , प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया सकारात्मक भएको बताएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता प्रक्रिया सकारात्मक भएको ब्रिफिङ गरेका हुन् ।यस्तै समाजवादी मोर्चालाई थप प्रभावकारी बनाएर लैजाने विषयमा नेताहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिँदै उनले मोर्चामार्फत छलफल अगाडि बढाउँदै पार्टी एकता गर्न सकिने पनि बताए ।
पूर्वप्रधानमन्त्री माधव नेपालसँगको दुई चरणको छलफल सकारात्मक भएकाले छिट्टै पार्टी एकता गर्ने विषयमा सकारात्मक भएको र विप्लवसँग पनि पार्टी एकताका लागि अगाडि विषयमा पहल भइरहेको जानकारी प्रचण्डले दिएको बैठकमा सहभागि नेताले बताए