पेन्सिलभेनिया स्टिल कारखानामा विस्फोट: १ जनाको मृत्यु, १० घाइते, १ बेपत्ता

पेन्सिलभेनियास्थित एलेगेनी काउन्टीको स्टिल कारखानामा भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। अझै एक व्यक्ति बेपत्ता रहेको एलेगेनी काउन्टी प्रहरीका सहायक प्रमुख भिक्टर जोसेफले जानकारी दिए।

विस्फोटपछि प्रारम्भमा दुई जना बेपत्ता थिए। उद्धारकर्मीहरूले एक जनालाई जीवितै उद्धार गरी अस्पताल पठाएका छन्, तर अर्कोको खोजी जारी छ।
घाइतेहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।