नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा मुछिएपछि रास्वपाका कँडेल निलम्बनमा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बागमती प्रदेशका प्रशिक्षण विभागमा रहेका हरि प्रसाद कँडेललाई निलम्बन गरेको छ । शुक्रबार केन्द्रीय अनुशासन आयोगले कँडेललाई निलम्बन गरेको हो । कानुन विपरीतका कार्यहरू नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न भनी रूपन्देही जिल्ला प्रहरी कार्यालयबाट पक्राउ गरिएको सूचनापछि पार्टीले कँडेललाई निलम्बन गरेको हो ।

आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,’नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्नको विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पुर्‍याउने उद्देश्यले तपाईँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँदछौँ ।’

साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुनसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

535603745_1477766806729485_401723154020778462_n