जेन–जीको आन्दोलनका कारण काठमाडौंको नयाँ बानेश्वर क्षेत्र अझै तनावग्रस्त छ । उक्त क्षेत्रमा कर्फ्यु जारी भए पनि प्रदर्शनकारीहरूले आन्दोलन जारी राखेका छन् ।
भ्रष्टाचार, बेथिति र नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेन–जीले गरेको आन्दोलन हिंसात्मक बनेर प्रहरीले गोली चलाउँदा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ ।

















