गुरुङ्ग समुदायको यति बेला “खेमा पूजा त्हें” नजिक आईरहेको छ । विशेष गरी गुङङ्ग समुदायले खेमा पूजाको बेला कुल पितृलाई सम्झेर पुजा गर्ने गरिन्छ । यो खेमा पुजा गर्ने भनेको देवता वास्तवमा आफ्नै कुल पितृ हुन् । कुल पितृहरुलाई सम्झेर पुजा गरिन्छ । जसका कारण हामीलाई मानवको रुपमा संसारमा ल्याए । उनी भन्दा ठूलो भगवान् हाम्रो निम्ति अरु कुनै हुन सक्दैन । आफूलाई जन्मदिने बाबा आमा पितृलाई महान रुपमा लिने गरिन्छ । त्यसैले हिन्दुहरु आफ्नो पितृलाई राम, राम/हरी, हरी भनि पुकार्ने, पुज्ने गर्दछन् । गुरुङ्गहरुको देवता अथवा भगवान् पनि आफ्नै पितृ हुन् । जसलाई गुरुङ्ग भाषामा “खेमा” (खे: बाबा पितृ, मा: आमा पितृ) भनिन्छ ।
खेमाको पूजा हामीले नित्य गर्न सके राम्रो हो त्यो हुन नसके पनि वर्षको एक पटक आश्विन शुक्ल सप्तमी (फुलपाती) अथवा अष्टमीका दिन गुरुङ्गहरुले कुल पूजा गर्ने गरको पाइनर््छ । पूजाको विधि विविध छन् । कसैले बोका/भेडाको बली दिएर र कसैले विविध खाद्य परिकार चढाएर पूजा गर्ने गर्दछन् । अन्तत्वगत्वा मृत्यु पश्चात हामी पनि आफ्ना सन्ततीको पितृ अथवा देवता बन्ने छौं । कल्पना गरौं त्यति बेला हामीलाई काटमार गरेर पूजा गरेको उचित लाग्ला ? निश्चय पनि लाग्नेछैन बरु पितृको सधैं सम्झना गर्नु (भगवान जस्तो मानेर) ठूलो कुरा हो । पूजाको विषयमा भन्नु पर्दा विविध खाद्य परिकार चढाउनका साथै बत्ति बालेर खेमा ध्याँ सहित पूजा गर्न सकिन्छ । सामुहिक रुपमा प्रार्थना गर्दा आ–आफ्नो खेमालाई सम्झेर प्रार्थना गर्नु पर्दछ । पूजाको प्रकृति हरेर खेमा ध्याँमा थप–घट गर्न पनि सकिने छ । आश्विन एकादशिबाट पुर्णिमा सम्म हिन्दुहरुले मान्ने चाड दशँै हाम्रो नभएको र यसै बिच सप्तमी वा अष्टमीमा हामी गुरुङ्गले पनि पितृ पुजा गर्ने भएकोले यसलाई थप परिमाजिर्त गरी आश्विन सप्तमीबाट दशमी सम्म चार दिने खेमा पूजा त्हें मान्न सकिन्छ । पहिलो दिन सप्तमीमा बिहान चोखो निष्ठा भएर घरमा खेमा पूजा गर्ने ।
दोश्रो दिन अष्टमीमा गुम्बा/कोहिबोमा गएर खेमालाई बत्तिबालेर पारिवारिक/सामुहिक प्रार्थना गर्ने, कुल पितृ विषयक गोष्ठी गर्ने आदि कार्यक्रम गर्ने गरिन्छ । तेस्रो दिन नवमीमा ईष्टमित्र भेला गरी भोज गर्ने । त्यसैगरी चौथो दिन दशमीमा खेमा त्हें ंिटका गर्न सकिन्छ । जस्तो कार्यक्रम गरेपनि नाम खेमा पूजा त्हें रहोस्ट । धर्म संस्कृति हो, छिटो बदली हुँदैन । २ सय ५० वर्षबाट मनाउन लगाएको पर्व हुनाले हाम्रो बानी परिसकेकोछ । समय लाग्ला तर दशैँ तिहार आदि हाम्रो चाड होईन साँचो कुरा यहि हो । तिहार यम पञ्चकको ठाउँमा आउन लागेको भैलो पर्व (त्हें) आउने क्रममा छ । दैनिक र विशेष पूजा गर्ने हाम्रो भजन (ध्याँ) नभएको महसुस गरि फेरि हामी प्रकृती पुजक र बुद्ध पुजक पनि भएकोले त्यो कुराको मिलान गरि खेमा पूजा भजन (ध्याँ) बनाईएको छ ।
पुनश्च:
१) गुरुङ्गहरुको खेमा पूजा अर्थात पितृ पूजा आश्विन शुक्ल सप्तमीका दिन घर–घरमा तथा नजिकको गुम्बामा गएर सामुहिक रुपमा पनि गरिन्छ ।
२) दैनिक पूजा पाठमा पनि यो खेमा ध्याँ गर्न सकिन्छ ।
खेमा ध्याँ (पितृ प्रार्थना) गर्दा क्र.सं. १ मा बुद्धमनि–ध्यारा ह्यामा तमू क्यूई भावार्थमा बुद्ध भगवानाय शरण हयाले । नेपालीमा भाषामा भावार्थमा बुद्ध भगवानको शरणमा जाऔं ।
त्यसैगरी खेमा ध्याँ (पितृ प्रार्थना) गर्दा क्र.सं. २ मा खेमा मनि–ह्या । आपा आमन ईश्वर वा । चमैना ङ्योललाई चु संसारर म्ही ह्रि पिव वा । चमै अर्ती बिल आँखामा मु । चमै सेवा ने पूजा लले । नेपाली भाषामा भावार्थ बाबा आमा नै ईश्वर हुन । उनले नै हामीलाई संसारमा मानव अवतार दिएका हुन । उनको देन अतुलनिय छ । उनको सेवा/पूजा गरौं ।
खेमा ध्याँ (पितृ प्रार्थना) गर्दा क्र.सं. ३ मा मु क्ये –मनि–ह्या तमू क्यूई भावार्थ (मुरव, प्लह/देव) त्हीए उज्यालो ते तातो पिंव । मुरवय फेिर्दव म्हासा जोगोपिंव । खै ने क्यू पिविरि संसार चल्दीव । मुरवए देवतए पूजा लले । नेपाली भाषामा भावार्थ । (आकाशिय शिक्त/देवता) घामबाट उज्यालो र ताप दिन्छौं । आकाशिय परिवर्तनबाट विभिन्न ऋतु दिन्छौं । पानी र हावा दिएर संसार चलाउछौं । आकाशिय शक्तिको पूजा गरौं ।
खेमा ध्याँ (पितृ प्रार्थना) गर्दा क्र.सं. ४ मा स्वाँ क्ये–मनि–ह्या तमू क्यूई भावार्थ (धर्तिए प्लह देव) धर्ती वेले छ्याँव मु । शो मुवलाई ल्हेन सुख सुविधा मु । सन्तोकले ङहयोवर, घुम्दिवर ने के लवर योईमु । धर्तीए प्लह पूजा लले । नेपाली भाषामा भावार्थ (पृथ्वीको स्रोत/देवता) पृथ्वी धेरै सुन्दर छ । प्राणीको निम्ति धेरै सुख सुविधा उपलब्ध छ । हामी शान्ति पूर्वक सिक्न, देख्न, घुम्न र व्यवसाय गर्न पाएका छौं । भुमण्डलीय शक्तिको पूजा गछौं ।
खेमा ध्याँ (पितृ प्रार्थना) गर्दा क्र.सं. ५ मा दा क्ये–मनि–ह्या । तमू क्यूई भावार्थ (मुली देव) मुली आतस्या ङ्यो संसारर खल आखाम्ला । जुनी जुनीए सेरे कुलघरान चल्दिखव पूर्खए योग थेव मु । मुली देवतए सँए चिल, पूजा लले । नेपाली भाषामा भावार्थ(कुल देवता) कुल नभए हामी संसारमा आउन सक्ने थिएनौं । लाखौं वर्षबाट खानदान चलाउदै आउने पित्रको देन ठूलो छ । कुल देवताको सम्झना र पूजा गरौं ।
खेमा ध्याँ (पितृ प्रार्थना) गर्दा क्र.सं. ६ मा बुद्ध मनि–छोंज ह्या तमू क्यूई भावार्थ बुद्धए गोम्पार हयाले । पूजा लले । नेपाली भाषामा भावार्थ बुद्ध भगवानको गुम्बा, विहारमा जाऔं, पूजा गरौं ।
अत: गुरुङ्ग समुदायको खेमा पुजालाई स्थापित गर्न र भावि पुस्तालाई हस्तान्तरण गर्नकोलागि यो लेखले केही हदसम्म भूमिका खेल्नेछ । नेपालको संविधानले नै सबै जातजाति समुदायलाई आफ्नो भाषा धर्म संस्कृति, परम्परा र संस्कारलाई सम्मान रुपमा मान्न पाउने अधिकार दिएको छ । त्यसैले हाम्रा गुरुङ समुदायका युवा पिडिहरु आफ्ना भाषा, धर्म संस्कृति चाडपर्वलाई बचाउन अहोरात्र खटिनु पर्छ । आफ्नो पहिचान, अस्त्तिव र संस्कृतिलाई आफैले मनाउदै रमाउँदै र सम्मान गर्न सकियो भने पक्कै पनि आउने दिनमा खेमा पुजापनि आम नेपाली समुदायले मनाउने छन् र यसको महत्व बुझ्ने छन् ।
जसकोलागि गुरुङ समुदायले खेमा पुजा भनेको के हो ? यसको महत्व के छ ? र यो पर्व किन मनाउनु आवश्यक छ भन्ने विषयमा बुझाउन र जागरण फैलाउनु नै हाम्रो दायित्व हो । कतिपयले यसको बारेमा बुझ्न नसकेर नै हाम्रो समुदायको खेमा पुजा ओझेलमा परेको छ । जब मानिसहरुले खे भनेको बाबा र मा भनेको आमाको अर्थ बुझ्ने छन् । आफ्ना पितृहरुको योगदान, महत्व र त्याग तपस्यालाई हृदयदेखि नै महसुस गर्न सकियो भने यसको प्रसिद्धी बढ्दै जानेछ । यो खेमा पुजाले आउँदा दिनमा भावि पुस्ताहरुलाई आफ्नो संस्कृतिप्रति जिम्मेवारी र आफ्नो पहिचान र अस्त्तिवको अनुभूति दिनेछ । त्यसकारण आउँदै गरेको खेमा पुजालाई स्मरण गर्दै आफ्ना कुल पितृलाई स्मरण गर्दै पुजा गर्न सकियो भने हामी गुरुङ समुदायको संस्कृतिको महत्व बढ्नेछ । विस्तारै अन्य समुदायले पनि खेमा पुजालाई महत्व दिर्दै आत्मा साथ गर्नेछ। यसतर्फ सम्पूर्ण गुरुङ समुदायको भावना एकजुट हुनुपर्छ । आफ्नो संस्कृति र चाडपर्वलाई बचाउन आजैदेखि हातेमालो गर्नुपर्दछ ।
श्रोत:– तमु क्येल्र्यो र तमु ध्याँ
लेखक: – गुमान सिंह गुरुङ
अनुवादक: – गिता गुरुङ