बराहक्षेत्र नगरपालिका-५ बिशाल चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ४० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले धरानबाट कालाबजारतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल नरोकी धरानतर्फ नै भागेकोमा प्रहरीले उक्त मोटरसाइकल पछ्याउने क्रममा बीआर ११ बीआर ७१०२ नम्बरको कारका चालकले कार रोकी उक्त मोटरसाइकलमै सवार भई फरार भएपश्चात प्रहरीले कार तलासी गर्दा ११ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार मोटरसाइकल र कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















