हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ । साथै देशका अधिकांश भागको मौसम सफा रहने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत देशको पहाडी भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
आज सबैभन्दा बढी तापक्रम जनकपुरमा (३८ डिग्रीसम्म) पुग्न सक्छ।धनगढी, भैरहवा, सिमरा, विराटनगर र धरानमा चाहिँ ३७ डिग्रीसम्म तापक्रम पुग्ने देखिन्छ। सबैभन्दा कम तापक्रम आज राति जिरीमा (११ डिग्रीसम्म) पुग्ने सम्भावना छ।ताप्लेजुङ,काठमण्डौं,पोखरा लगायत केही शहरमा पानी पर्न सक्छ।

















