काठमाडौं उपत्यका मेयर्स फोरमले सिंहदरबारको पुनर्निर्माणका लागि पाँच करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै फोरमका अध्यक्ष एवं ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त घोषणा गरेका हुन्।
उपत्यका प्रहरी कार्यालयलाई काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था सुदृढ गर्न एक करोड रूपैयाँ प्रदान गर्ने उनले बताए।
यस्तै फोरमले तोडफोडमा परेका प्रहरी चौकी तथा नगरपालिकाहरूको सेवा प्रवाह सहज बनाउन थप सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेको छ।
जेनजीको नाममा भएको आन्दोलनमा अराजकता समूहले नेपालको अस्मिता, लोकतन्त्र र सार्वभौम सत्तामा नै धक्का पुग्नेगरी आगजनी तथा तोडफोड गर्ने कार्यबाट देश मात्र आक्रान्त नभई अन्तर्राष्ट्रिय जगतमा समेत बद्नामी र बेइज्जती भएको फोरमले बताएको छ।
अराजक कार्य गर्नेहरूलाई खोजी तथा छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न फोरमले सरकारसँग माग गरेको छ।