प्रतिनिधिबारे विवाद भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूसँग आज गर्ने भनिएको छलफलमा सोमबार दिउसो ३ बजे  गर्ने

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूसँग  छलफल गर्ने तालिका हेरफेर भएको छ । आज गर्ने भनिएको छलफल सोमबारको लागि सरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।  आज गर्ने भनिएको छलफलमा

सहभागी हुने प्रतिनिधिबारे विवाद भएपछि सोमबार दिउसो ३ बजे   छलफल गर्ने तय भएको हो । आफ्नो सहभागिता नभएको भन्दै केही समूहहरूले आपत्ति जनाएका थिए ।

यसअघि राष्ट्रपतिको आह्वानमा शुक्रबार शीतल निवासमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल भएको थियो ।