राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि शीतलनिवास बोलाएका छन् ।सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति पौडेलको छलफल चलिरहेको शीतलनिवासले जनाएको छ ।
‘सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल भइरहेको छ,’ शीतलनिवास स्रोतले भने । छलफलका विषयका बारेमा भने केही खुलाइएको छैन ।


















