साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ७०० रुपैयाँले घटेको हो । आज सुन प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेर दुई हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।



















