skip this casino

गतिरोध तोड्न र महाधिवेशन तर्फ अघि बढ्न शेखर कोइरालाको सक्रिय पहल

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । नेता डा. शेखर कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा आज बिहान बसेको इतर समूहको बैठकले २१ फागुनको निर्वाचन अगावै पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

‘नियमित महाधिवेशन निर्वाचन अगाडि नै गर्नुपर्छ, ढिलोमा पुस मसान्तभित्र गरिसक्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ विशाल नगर बैठकमा सहभागी एक नेताले भने, ‘पुस १६ मा महाधिवेशनको मिति तोक्ने गरी भनेका छौं।’ इतर समूहले आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबारको बैठकमा पेस गर्न महामन्त्रीद्वयलाई जिम्मा दिएको छ ।

कोइरालासँगको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत सहभागी थिए ।