skip this वडा नं १६ बालाजु च:मती

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बित

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बित भएका छन् । आज बसेको एन्फा आकस्मिक भर्चुअल बैठकले वरिष्ठ उपाध्यक्ष खड्कालाई निलम्बित गरिएको हो ।

उनलाई एन्फा कार्यसमितिले अनुशासन विपरीत काम गरेको भन्दै निलम्बन गरेको छ। उनले कार्यवाहक अध्यक्षको रूपमा गरिएको कामहरू एन्फाको अनुशासन दायरा बाहिर भएको भन्दै निलम्बन गरिएको हो । खड्का आगामी साधारण सभासम्मको लागि निलम्बनमा परेको एन्फाले जानकारी दिएको छ ।