प्रतिनिधिसभा भंग गरेपछि मुलुक थप संकटमा धकेलियोः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद् पुनर्स्थापना हुनुपर्ने बताएका छन् । असंवैधानिक प्रक्रियाबाट संसद् विघटन भएकोले पुनर्स्थापना हुनै पर्ने घिमिरेको भनाइ छ ।शुक्रबार बिहान झापा बिर्तामोडस्थित निजी निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको मुद्दालाई चाँडो छलफलमा लैजानुपर्ने बताए । कानुनी, व्यवहारिक र आवश्यकताका हिसाबले संसद् पुनर्स्थापना हुने सभामुख घिमिरेको विश्वास छ ।

जननिर्वाचित संस्था प्रतिनिधिसभा भंग गरेपछि मुलुक थप संकटमा धकेलिएको घिमिरेको भनाई छ । ‘संसद् पुनर्स्थापना गरेर अहिलेका समस्याहरू सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर जान सकिन्छ’, उनले भने- ‘जेनजीहरुको माग सम्बोधन गर्ने बाटो पनि यहि हो ।’