नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) आगामी फागुन २१ गतेको चुनावका लागि निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीलाई आयोगले गुलाफको फूल चुनाव चिह्न दिएको छ ।
दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न लिन विप्लवलगायत नेताहरू बाजागाजासहित आज निर्वाचन आयोग पुगेका थिए । प्रमाणपत्र र चुनाव चिह्न पाएसँगै आयोग परिसरभित्रै बाजागाजासहित र्याली निकालिएको छ ।

















