गाजाको उत्तर र मध्य क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा २२ प्यालेटिनीको मृत्यु भएको छ । शनिबार आवासीय क्षेत्रसहित पाँच थानमा आक्रमण भएको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा हमासका एक वरिष्ठ कमान्डर समेत रहेको बताइएको छ । आफ्ना सेनाले गाजामा शनिबार भएको एउटा घटनासँग सम्बन्धित स्थानलाई निशाना बनाएको इजरायली रक्षा बलले भनेको छ ।
सेनाका अनुसार एक सशर्त व्यक्तिले गाजापट्टीको पहेँलो रेखा पार गरेर इजरायलको नियन्त्रणमा रहेको क्षेत्रमा प्रवेश गरेर सैनिकहरूमाथि गोली चलाएका थिए । हमासले यो आरोप अवीका गरेको छ ।


















