नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विपक्षमा रहेका संस्थापन समूह निकट नेताहरूबीच छलफल भएको छ ।
बानेश्वरको आनन्दभूमि होटलमा संस्थापन समूहका नेताहरूबीच छलफल जारी रहेको छ । बैठकमा समूहका शीर्ष नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइरालालगायत ७० जनाभन्दा बढीको सहभागिता छ ।छलफल बिहान ९ बजेबाट शुरू भएको हो ।



















