हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको सैन्य कारबाहीमा ७० हजार बढी प्यालेस्टिनीहरू मारिएका छन् । अक्टोबर १० मा लागू भएको इजरायल र हमासबीच युद्धविराम भए पनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।इजरायलले युद्धविराम उल्लंघनको जवाफमा धेरै हवाई आक्रमण गरेको बताएको छ । अझै पनि धेरै शवहरू भग्नावशेषबाट निकाल्ने काम भइरहेको छ ।
शनिबार इजरायली ड्रोन आक्रमणमा दुई दाजुभाइ मारिएका छन् । उनका परिवारले दाउरा संकलन गर्दा मारिएको बताएका छन् । गाजा स्वास्थ्य मन्त्रालयले प्यालेस्टिनीको मृत्यु हुनेको संख्या अब ७० हजार १०० पुगेको जनाएको छ।
मन्त्रालयका अनुसार यी मध्ये ३५० भन्दा बढीको मृत्यु अक्टोबर १० मा भएको युद्धविरामपछि भएको थियो। हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण सुरू गरेको थियो।


















