जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई प्रहरी संगठनका प्रमुखहरुसँग बयान लिने तयारी गरेको छ ।
आयोगसम्वद्ध स्रोतका अनुसार, मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिँदैछ ।
त्यसलगत्तै नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीलाई बोलाउने तयारी छ । अर्याल जेनजी आन्दोलनको बेलामा पनि सशस्त्र प्रहरी बलको नेतृत्वमा थिए ।



















