रवि लामिछाने र बालेनबीच वान टु वान वार्ता जारी

रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा अहिले दुई जनाबिच वान टु वान वार्ता भइरहेको छ । यसअघि छलफलका लागि सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्की लगायत बेनको निवासमा पुगेका थिए ।

पहिलो चरणमा सबै नेताहरूबिच सामूहिक छलफल भएपछि अहिले लितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा अहिले दुई जनाबिच वान टु वान वार्ता चलिरहेको हो।