वीरगञ्ज– भारतको रक्सौल नाकाबाट नेपाल भित्रने भारतीय पर्यटकलाई लक्षित गरी वीरगञ्जमा क्यासिनो माजोङ सञ्चालन सुरु गरिएको छ । वीरगञ्जको स्काइलाइन मलस्थित होटेल सरोवर पोर्टिको परिसरमा यहि पुष १८ गतेबाट क्यासिनो माजोङले सेवा सञ्चालन गरेको हो ।सो अवसरमा क्यासिनो माजोङ, वीरगञ्जका महाप्रबन्धक सीताराम बानियाले वीरगञ्जमा भारतीय पर्यटकलाई लक्षित गरी सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो । यसअघि काठमाडौं र नेपालगञ्जमा पनि क्यासिनो माजोङ सञ्चालनमा रहदै आएका छन् । भारत बेतियाका ट्रान्सपोर्ट व्यवसायी अजित सिंहले वीरगञ्जमा पनि क्यासिनो माजोङ सञ्चालनमा आफूहरु हर्षित भएको बताउनुभयो । उहाँले ‘निकट भविष्यमै यसमा भारतीय पर्यटकहरूको भीड लाग्ने निश्चित भएको बताउनुभयो ।
म त सफ्ट ओपनिङदेखि नै नियमितजस्तो आइरहेको छु ।’ क्यासिनो माजोङका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठ विगत २७ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध छन्। क्यासिनो, होटल तथा रिजोर्टस्, ट्राभललगायत व्यवसायमा उनको लगानी छ। उनको स्वामित्वमा रहेको क्यासिनो माजोङ नेपालकै नम्बर–१ क्यासिनो हो। क्यासिनो माजोङले बर्सेनि लाखौं विदेशी पर्यटक नेपाल भित्र्याउँदै आएको छ। उक्त क्यासिनोले पाँचौंपटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरिसकेको छ । क्यासिनोमार्फत नेपालको पर्यटन विकासमा योगदान दिएको कदरस्वरूप भारतको हस्पिटालिटी इन्डियाले क्यासिनो माजोङलाई लगातार दक्षिण एसियास्तरको प्रतिष्ठित अवार्ड प्रदान गर्दै आएको छ ।
‘गेट वे अफ नेपाल’को नाममा प्रख्यात वीरगञ्ज नेपालको प्रमुख व्यापारिक र औद्योगिक शहर पनि हो । भारततर्फको रक्सौल नाकाबाट बर्सेनि लाखौं भारतीय पर्यटक वीरगञ्ज हुँदै नेपाल भित्रिन्छन् । उनीहरूलाई नै लक्षित गरी क्यासिनो सञ्चालनमा ल्याइएको महाप्रबन्धक बानिया बताउँछन् ।


















