प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही–२ मा नेकपा एमालेले विष्णु पौडेललाई उम्मेदवार सिफारिस गरेको छ ।पूर्वअर्थमन्त्री पौडेलले रुपन्देही–२ बाट जित्दै आएका छन् । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले रुपन्देही-२ मा विष्णु पौडेललाई उम्मेदवार बनाउन सबैको समर्थन भएपछि सर्वसम्मत निर्णय भएको बताए ।
२०७९ अघिका निर्वाचनमा भारी मतान्तरले जित्दै आएका पौडेल पछिल्लो चुनावमा भने रास्वपा का गणेश पौडेलसँग १५०० मतान्तरले मात्रै विजयी भएका थिए ।


















