इरानी सरकारले एक अप्रत्याशित कदम चाल्दै अन्तर्राष्ट्रिय ‘कल’मा लगाएको प्रतिबन्ध हटाएको छ । इन्टरनेट सेवामा भने पूर्ण प्रतिबन्ध कायमै छ । मंगलबार विभिन्न मिडियाका कार्यालयमा इरानबाट फोन आएको छ ।
इरानका स्थानीयले एपीको दुबई ब्युरोमा फोन गरेर त्यहाँको अवस्थाबारे जानकारी गराएका जनाइएको छ । इरानका मानिसले यसअघि यसरी अन्तर्राष्ट्रिय कल गर्न पाइरहेका थिएनन् ।
तर, इन्टरनेट सेवा नभएका कारण विश्वसँग इरानको सम्पर्क अझै विच्छेद नै छ । गएको डिसेम्बर २८ देखि इरानमा जारी विरोध प्रदर्शनका क्रममा हालसम्म ६०० भन्दा बढी मानिसको मृत्यु भएको दाबी गरिएको छ ।




















