कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी

नेपाली कांग्रेसको सभापतिका लागि गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् । सभापतिमा थापाको एकल उम्मेदवारी परेको छ । काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरू भएपछि थापाले उम्मेदवारी दिएका हुन् । निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो ।

यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ ।बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल भएन ।

सबै पदाधिकारीका लागि मनोनयन दर्ता भए पनि दुई महामन्त्री थापा र शर्मा अहिले कानुन विद्हरूसँगको परामर्शमा छन् । निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकियो र दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।