पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार काठमाडौंबाट पठाइएको पक्राउ अनुमति कार्यान्वयन गरी प्रसाईलाई पक्राउ गरिएको हो ।

उनलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । निर्वाचन आयोगले दुर्गा प्रसाईंमाथि कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो । आयोगले ५२ करोड लिएर गगन थापालाई आधिकारिता दिएको प्रसाईंले आरोप लगाएका थिए ।