जनकपुर पुगेर रविले भने-बालेन र आफु देशका हितका लागि एकै ठाउँमा आएका हौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाह सँगको पहिलो वार्ता ५ मिनेटमै सकिएको बताएका छन् । आज जनकपुरधाममा आयोजना गरेको घोषणा सभामा बोल्दै रविले बालेनसँग सहकार्य गर्ने विषयमा वार्ता हुँदा ५ मिनेटमै कुरा टुंग्याइएको बताएका हुन् ।

उनले भनेका छन्,‘हामीबीच वार्ता गर्दा ५ मिनेटमै सकिएको थियो। स्वार्थका लागि लड्नेहरूलाई हो घन्टौं समय लाग्छ, हामी देशका लागि आएका हौं । हामी दुवै देशका हितका लागि एकै ठाउँमा आएका हौं।’