राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपमा व्यस्त छन् ।
हिजोसम्म झापामा रहेका उनी आज बिहान इलाममा मतदातालाई भेट्न व्यस्त थिए । अहिले उनी पाँचथर पुगेका छन् । चुनावी प्रचारप्रसार र आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्न शाह पाँचथर पुगेका हुन् । शाहले झापा-५ मा उम्मेदवारी दिएका छन् ।


















