साइबर ब्युरोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ ।
उनीमाथि केही विषयमा बुझ्नका लागि बोलाइएको बताइएको छ । नेपालले केही समयअघि नेपाली सेनाले स्थितिमा नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्छ भनेर टिप्पणी गरेका थिए । उनी राप्रपाबाट झापा–२ मा उम्मेदवार छन् ।


















