त्रिवि पदाधिकारीको कुर्सीमा अखिल क्रान्तिकारीले टाँस्यो लाञ्छनायुक्त पर्चा

अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कुर्सीमा विभिन्न लाञ्छनायुक्त पर्चा टाँसेको छ । त्रिविका चार वटा विभागको शुल्क घटाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेको क्रान्तिकारीले उपकुलपति प्रा.डा.दिपक अर्याल र रजिस्ट्रार प्रा.डा.केदार प्रसाद रिजालको कुर्सीमा पर्चा टाँसेको हो ।केही दिनअघि शिक्षाध्यक्ष प्रा.डा.खड्ग केसीको कार्यकक्षमा तोडफोडसमेत भएको थियो ।

तर अखिल क्रान्तिकारीले बिहीबार विरोध र दबाबका लागि ‘सांकेतिक’ आन्दोलन गरेको जनाएको छ ।त्रिविका अधिकारीहरू विद्यार्थी संगठनले पदाधिकारीको कुर्सीमा अपशब्द टाँसेर दुर्व्यवहार गरेको दाबी गर्छन् । ‘पदाधिकारी सरको कार्यकक्षमा आएर जथाभावी लेखेर गए ।

यो त दुर्व्यवहार हो,’ त्रिवि केन्द्रीय कार्यालयका एक अधिकारीले भने, ‘विद्यार्थीबाट पदाधिकारी कर्मचारी डराउनु पर्ने अवस्था छ ।’अखिल क्रान्तिकारीले पनि आफूहरूमाथि प्रशासन लगाएको आरोप लगाएको छ । ‘हाम्रो साथीलाई प्रहरी लगाएर गिरफ्तार गरियो । दुई तीन घण्टा राखेर छोडियो,’ ऐरले भने ।