स्थानीय प्रशासनको आह्वानअनुरुप बागलुङ गलकोटका स्थाानीयले इजाजत प्राप्त ४२ थान हतियार प्रशासनसमक्ष बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार भरुवा बन्दुक, सटगनलगायत हतियार स्थानीयले बुझाएका हुन् ।
हतियार बुझाउने क्रम जारी रहेको प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनले हतियार लिएका सबैलाई निर्वाचन अगाडि नै प्रहरी प्रशासनसमक्ष बुझाउन पुन: आग्रह गरेको छ । अटेर गरेमा अनुमतिपत्र रद्द गरिने चेतावनी दिँदै उनले नजिकको प्रहरी चौकी वा आफूलाई पायक पर्ने सुरक्षा निकायमा हतियार बुझाउन अनुरोध गरेको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयले खोजी अभियान सञ्चालन गरेर अनुमति नलिएका ११५ थान हतियार बरामद गरेको थियो ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






