मध्यरातमा मेरो बेडरुममा छिरेर अन्तिम इच्छा सोध्नेलाई २१ गते जनताले जवाफ दिन्छन्ः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई घेराबन्दी गरेर सखापै पार्न खोजिएको भएपनि नसकेको बताएका छन् । चितवन १ को चुनावी सभालाई सम्बोधन गर्दै मध्यरातमा बेडरुममा छिरेर अन्तिम इच्छा के हो? भनेर सोधेको घटनाको स्मरण गरे ।

उनले भने, ‘हामीलाई त घेराबन्दी गरेका हुन् । उखेल्न खोजेका हुन्, लुछ्न खोजेका हुन्, मार्न खोजेका हुन्। मानसिक र भौतिक रूपमा सिद्ध्याउन खोजेका हुन्, सखाप गर्न खोजेका हुन् । मध्यरातमा बेडरुममा छिरेर ‘तेरो अन्तिम इच्छा के हो?’ भनेर सोधेका हुन् मलाई । त्यतिखेर मैले त जवाफ दिइनँ । मेरो अन्तिम इच्छा के हो भन्ने कुरा २१ गते तपाईँले बोल्नु पर्ने छ।’