अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पक्राउ

टोखा नगरपालिका स्थित गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २२ ग्राम १८ मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा धोवनी गाउँपालिका २ घर भएका ३५ वर्षीय अरबिन कुमार मेहता र नुवाकोट बेलकोटगढी नगरपालिका(१ घर भएका २९ वर्षीय निरोज पुडासैनी रहेका छन् ।
वालिङ नगरपालिकामिर्दीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल र फेनारगन ११ एम्पुल सहित सोही नगरपालिका छेउडाडा
बस्ने २३ वर्षीय नरेन्द्र रणपाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।