काठमाडौं, गोकर्णेश्वर नगरपालिका ४ नाम्गेलस्थित लालीगुँरास च्याउ उद्योगमा शुक्रबार राति आगलागी हुँदा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ४ डाँछी बस्ने दोलखा घर भएका मैया कार्कीको टहरामा शुक्रबार दिउँसो आगलागी हुँदा टहरा पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी बागलुङ नगरपालिका ४ गौरीधाम बस्ने ४८ वर्षीय टेक बहादुर विकको गोठमा गए राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । यसैगरी थाक्रे गाउँपालिका १ देवीथान बस्ने ढाल बहादुर तामाङको घरमा शुक्रबार बिहान आगलागी हुँदा करिब ६ लाख १० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।फिदिम नगरपालिका १३ लुङरूपा बस्ने ३३ वर्षीय बिरेन्द्र नेम्बाङको घरमा शनिबार दिउँसो आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी झापा, कन्काई नगरपालिका ६ पारिजात मार्ग बस्ने ५० वर्षीय तेज बहादुर बस्नेतको गोठमा शनिबार बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट
भएको छ ।

















