राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले हल्दिबारी–१ स्थित वडा कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले धरान उपमहानगरपालिका–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रमा मतदान गर्नुभएको छ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँको पूरानो बानेश्वरस्थित गौरचणपार्क मतदान केन्द्रबाट मतदान गर्नुभएको छ

















