मनाङमा कांग्रेसको फराकिलो अग्रता

मनाङमा मतगणना सुरु भएको छ । सुरुवाती गणनामा नेपाली कांग्रेसले फराकिलो अन्तरको अग्रता लिएको छ ।

कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले ४ सय ६२ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीकी यशोदा सुवेदीले १ सय मत ल्याइन् ।