बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर विजयी भएका छन् । महरले उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारभन्दा २ हजार २३९ बढी मत ल्याएर जित हात पारेका हुन् । एमाले उम्मेदवार महरले १८ हजार ५४३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन् ।
यता तेस्रो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मिन बहादुर कुँवरले ९ हजार ७५७, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेश सिंहले ९ हजार २६३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार भरत मल्लले ५२०, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विश्वप्रकाश जेठाराले ४०५ र नेपाल मजदुर किशान पार्टीका उम्मेदवार दलबहादुर बोहराले ४१ मत प्राप्त गरे।















