विजयपछि सोविता गौतमले भनिन्- बालेन साह प्रधानमन्त्री बन्नुहुन्छ

चितवन-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सोविता गौतमले जनताले दिएको भरोसा नटुट्ने गरी काम गर्ने बताएकी छन् ।

विजयको प्रमाणपत्र लिएपछि उनले बालेन साहलाई आगामी प्रधानमन्त्रीको रूपमा अघि सारिएको दाबी गर्दै रास्वपाले दिएको प्रतिबद्धता पूरा गर्ने बताइन् । निर्वाचनमा गौतमले ५९ हजार २७७ मत प्राप्त गरिन भने नेपाली कम्युनिस्ट पार्टीकी रेणु दाहाल ले २० हजार ६१५ मत पाइन् । यसअघि काठमाडौं-२ बाट निर्वाचित गौतम यसपटक चितवनमा अझ ठूलो मतान्तरसहित विजयी भएकी हुन् ।