श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारका कामकारबाहीलाई नजिकबाट नियालिरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले सरकारका निर्णयहरूलाई बुझेर आवश्यक परे आलोचना र समर्थन दुवै गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्। उनले भने,“सरकारले गरेका कामलाई हेरेर, बुझेर त्यसलाई प्रश्नसहितको आलोचना पनि गर्न पाइन्छ, विरोध गर्न पनि पाइन्छ, राम्रो काम भयो भने समर्थन पनि गर्नुपर्छ ।”
साम्पाङले सरकारका सबै कामलाई बिना प्रश्न स्वीकार गर्ने आफ्नाे स्वभाव नभएको स्पष्ट पारेका छन्र ।उनका अनुसार लोकतन्त्रमा प्रतिपक्षको भूमिका सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’मा राख्नु हो। प्रतिपक्ष मौन बस्दा सरकारले मनपरी निर्णय गर्न सक्ने र त्यसले असफलता निम्त्याउन सक्ने उनको तर्क छ ।उनको भनाइले वर्तमान राजनीतिक परिवेशमा सरकारमाथि निगरानी र उत्तरदायित्वको बहसलाई थप बल दिएको छ।


















